२४ बैशाख २०८२, बुधबार | May 7, 2025

भारतद्वारा पाकिस्तानमाथि हमला


913
Shares

एजेन्सी, २४ वैशाख । भारतले पाकिस्तानमाथि हमला गरेको छ । पाकिस्तानमा आशंकित आतंकवादीको सैन्य अखडामा मिसाइल हमला गरेको हो ।

पाकिस्तानमाथि भारतको हमलाले विश्वभर तरंग ल्याएको छ । दुई आणविक शक्तिको युद्धले विनाशकारी अवस्था निम्त्याउने खतराबारे विश्लेषण हुनथालेको छ ।

पाकिस्तानबाट पसेका मुस्लिम आतंकवादी संगठनका सदस्यले पहलगाममा एक नेपालीसहित २६ जनाको गोली हानी हत्या गरेको घटनाको बदलामा भारतले हमला गरेको हो । यो हमलालाई अपरेशन सिन्दुर नाम दिइएको छ । हमलामा आतंककारीको ४ वटा आधार क्याम्प ध्वस्त पारिएको भारतीय जनाइएको छ ।

प्रतिक्रिया