२१ जेष्ठ २०८२, मंगलबार | June 3, 2025

भाजपा नेता कोशियारीको भोलिबाट नेपाल भ्रमण


664
Shares

काठमाडौं, २३ वैशाख । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी बुधबारबाट नेपाल भ्रमणमा आउँदैछन् । उनी दिउँसो १ बजे दिल्लीबाट काठमाडौंको उडानमा आइपुग्ने तय भएको छ ।
कोशियारीले होटल सोल्टीमा विश्राम गर्नेछन् । उनले राजनीतिक भेटहरु गर्ने बुझिएको छ ।

बद्रीनारायण मन्दिरको उद्घाटनमा कोशियारी सहभागी हुने तय छ । उनले बिहिबार विहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ । शनिबार कोशियारी दिल्ली फर्कनेछन् ।

उत्तराखण्डको मुख्यमन्त्री र महाराष्ट्रको राज्यपाल रहिसकेका कोशियारी नेपालबारे जानकार हुन् ।

प्रतिक्रिया