२१ बैशाख २०८२, आइतबार | May 4, 2025

विदेशमा नेपाली विद्यार्थीको बढ्दो आत्महत्या


747
Shares

काठमाडौं, २० वैशाख । यो हप्ता नेपाली विद्यार्थीको विदेशमा आत्महत्याको दुईवटा घटना सार्वजनिक भए । एउटा घटना बेलायतमा र अर्को भारतमा ।

बेलायतको थेम्स नदीमा नेपाली विद्यार्थी मृत भेटिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

भारतको ओडिसास्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीले आत्महत्या गरिन् । यसअघि सोही विश्वविद्यालयमै नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेको घटनाले ठूलो चर्चा पाएको थियो ।

विदेशमा अध्ययनका लागि गएकामा भारतबाहेकका देशमा भएका नेपाली विद्यार्थीको आत्महत्याका घटना कमैमात्र बाहिर आउँछन् । ती देशहरुले यस्ता घटनालाई चर्चाको विषय बनाउन दिदैनन् । यस्ता समाचार पनि बर्जित छ ती देशमा ।

बेलायतमात्र नभई यूरोपका कतिपय देश, अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थी डिप्रेसनको शिकार भई आत्महत्याका घटना भइरहेका छन् । तर, विदेशमा अध्ययनमा जानेहरु निरुत्साहित हुनसक्ने भन्दै यस्ता घटना लुकाइन्छ ।

प्रतिक्रिया