२० बैशाख २०८२, शनिबार | May 4, 2025

न्यौपानेको नेतृत्वमा एनभिए चितवन च्याप्टरको नयाँ कार्यसमिति गठन


3.7k
Shares

चितवन,२० बैशाख । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)को चितवन च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । एनभिएका केन्द्रीय अध्यक्ष ई. सन्जय महतोको प्रमुख अतिथ्यामा सम्पन्न पाँचौ साधारणसभा तथा चौथौ अधिवेशनबाट इन्जिनियर सन्जय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

कार्यसमितिको सचिवमा ई. लोमस अधिकारी र उपसचिवमा ई.आशिष काफ्लेले जिम्मेवारी पाएका छन् भने प्रथम उपाध्यक्षमा ई. सुमन कोइराला, दोस्रो उपाध्यक्षमा ई. ईश्वरमान श्रेष्ठ, कोषाध्यक्षमा ई.सन्तोष तिमिल्सिना निर्वाचित भएका छन् ।  त्यसैगरी, सदस्यहरुमा ई.उमेश ढकाल,ई.कपिल अधिकारी, ई.सरोज रिजाल, ई.अनन्त शर्मा र ई. विजय ढुंगाना निर्वाचित भएका छन् ।

एनभिए नेपालका व्यावसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन हो । २०६८ मा नेपालको “संगठन दर्ता ऐन २०३४ बी.एस.“ अन्तर्गत स्थापित भएको यस संस्थाको मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यो मूल्याङ्कनकर्ताहरूको समूहद्वारा स्थापित देशको पहिलो स्वैच्छिक मूल्याङ्कनकर्ता संस्था हो।

प्रतिक्रिया