हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक प्रारम्भ

काठमाडौं, १८ वैशाख । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक बिहिबारबाट प्रारम्भ भएको छ । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सुरु भएको बैठकले विगतको कार्य समिक्षा गरी भावी योजना तय गर्ने जनाइएको छ ।
बैठकमा संघका दायित्वधारी कार्यकर्ता सहभागी छन् । १९ वैशाखमा बैठक समापन हुने तय छ ।
हिन्दू स्वयंसेवक संघ नेपाल हिन्दू एकता र व्यक्तित्व निर्माणलाई मुख्य उद्देश्य राखी ७ दशकयता सक्रिय छ । संघले संगठित हिन्दू समर्थ नेपालको मूल उद्देश्यअनुरुप देशको कुना काप्चासम्म पुगेर कार्य गर्दै आएको छ ।