१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

बाबुरामको दिल्ली दौड किन


498
Shares

काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यावारिधी भारतबाट नै गरेका हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका भट्टराईको भारतका धेरै नेताहरुसँग सुमधुर सम्बन्ध छ ।

माओवादीले नेपालमा हिंसात्मक गतिविधि गर्दा बाबुराम भारतमै अधिकांश समय रहेका थिए । उनी माओवादीमा रहँदा नै प्रधानमन्त्री भए । पछि नयाँ शक्ति पार्टी बनाए । उक्त पार्टीलाई उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा जोडे । फेरि पार्टी विभाजित भयो । उनी नेपाल समाजवाद िपार्टी नयाँ शक्तिका अध्यक्ष छन् अहिले ।

बाबुराम पार्टीको भारतस्थित कमिटीको कार्यक्रममा भन्दै दिल्ली दौडमा रहे यसपटक । उनको साथमा छोरी मानुषी यमी भट्टराई पनि छिन् ।

बाबुरामले भारतका रक्षामन्त्री राजनाथ सिंह, भाजपाका पुराना नेता मुरली मनोहर जोशी, नेपालका लागि भारतका पूर्वराजदूतहरु श्यामशरण, मञ्जीव सिंह पुरी, रञ्जीत रेलगायतसँग पनि भेटे । उनले एस डी मुनीसँग पनि छलफल गरे ।

बाबुरामले भारतका नेताले गणतन्त्र नै समाप्त हुनसक्नेबारे चासो राखेको खुलाएका छन् । नेपालमा अहिलेको राजनीतिक प्रणालीबारे पनि चासो राखेको उल्लेख गरेका छन् ।

भाजपाका नेतासँग दूरी रहेका बाबुरामले उनीहरुसँग पनि जोडिने गरी परामर्श बढाएका छन् । विगतमा भाजपा नेताको चर्को विरोध गर्ने उनी यसपटक उनीहरुसँगै भेट्न पुगे ।

भाजपाका नेता भगतसिंह कोसियारीले हिन्दूराष्ट्रबारे चासो राखेको खुलाएका छन् । हिन्दुवादी विचारलाई आस्था भनेर बाबुरामले त्यसको खुलेर विरोध गरेका छैनन् ।

प्रतिक्रिया