१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

यी हुन् सुदीपसहित तीर्थयात्रीको धर्म सोध्दै गोली हान्ने आतंकवादी


1.7k
Shares

एजेन्सी, १२ वैशाख । नेपाली युवक सुदीप न्यौपाने र २८ भारतीय तीर्थयात्रीको हत्या गर्ने तीन आतंकवादीको पहिचान भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तीमध्ये दुईजना पाकिस्तानी र एक काश्मिरका भारतीय नागरिक हुन् ।

मुस्लिम आतंकवादी संगठन लस्कर ए तोयबासँग सम्बन्धित भनिएका तीनजनामा मा काश्मिरका अडिल हुसेन थोकर, पाकिस्तानीहरु हसिम मुसा र अलि भाई हुन् । उनीहरु काश्मिरमा विगतमा भएका आतंकवादी हमलामा पनि संलग्न भएको बताइएको छ । तीनजनाबारे सूचना दिनेलाई जम्मु काश्मिर प्रहरीले प्रतिव्यक्ति २० लाख भारु पुरस्कार दिने घोषणा पनि गरेको छ ।

मंगलबार काश्मिरको पहलगाममा आतंकवादी हमला भएको थियो । तीर्थयात्री रमाइलो गरिहँदा सुन्दर मैदानमा आतंकवादीले गोली हानी २८ जनाको हत्या गरेका थिए ।

बन्दुकधारीहरुले हिन्दू हो कि होइन भनी गुप्तांग समत हेर्दै आक्रमण गरेका थिए । उनीहरुले पुरुषलाई छानी छानी गोली हानेका थिए ।

घटनापछि भारतले पाकिस्तानमाथि कडा कदम चालेको छ । कुनैपनि बेला भारतले पाकिस्तानमाथि आक्रमण गर्ने संकेत त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले विहारमा पुगेर गरिसकेका छन् ।

प्रतिक्रिया