६ बैशाख २०८२, शनिबार | April 19, 2025

एनभिए लुम्बिनी प्रदेशद्धारा अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न


4.4k
Shares

लुम्बिनी,५ बैशाख । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) लुम्बिनी प्रदेशले मुल्यांकन पेशामा देखिएका समस्या समाधानका लागि एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

एनभिए केन्द्रीय कार्यालयको निर्देशनअनुसार मुल्यांकन पेशामा देखिएका वर्तमान समस्या समाधान तथा मुल्यांकन कर्ताहरुको ज्ञान आदानप्रदानको उद्देश्यले लुम्बिनीस्थित होटल पौवामा आज (शुक्रबार) सो कार्यक्रम आयोजना गरिएको हो । एनभिए लुम्बिनी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एनभिएका केन्द्रीय अध्यक्ष ई.सन्जयकुमार महतो थिए भने विशेष अतिथिमा एनभिएका निवर्तमान अध्यक्ष ई.ऋषि कोइराला थिए ।

एक दिने कार्यशाला गोष्ठिको मुख्य प्रशिक्षक उपाध्यक्ष ई. दिनेशकुमार पाठक थिए । लुम्बिनी प्रदेश एनभिएका अध्यक्ष ई।गोबिन्द पंगेनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न मुंल्याकन कर्ता,परामर्श संस्थाका सदस्यसहित ५० जना भन्दा बढी सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा २०८२ सालको एनभिएले प्रकाशित गरेको क्यालेण्डरसमेत सार्वजनिक गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि ई.महतोले कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालुयर्स इन्जिनियरहरुको शुद्धिकरण गर्नुपर्नेमा जोड दिएका थिए । बैंक तथा वित्तिय संस्थाहरुबाट तलब नखाने भएकोले निष्पक्ष भएर परामर्श दाताको रुपमा इन्जिनियरहरुले काम गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरी, विशेष अतिथि ई.कोइरालाले भ्यालुयर्स इन्जिनियरहरुलाई कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले बिनाकारण तनाब दिइरहेको बताए । कार्यक्रममा बोल्दै उनले बैंङ्किङ संस्थाहरुहरुलाई इन्जिनियरहरुलाई दुख दिने कार्य रोक्न समेत आग्रह गरे ।

यस्तै,एनभिएका कोषाध्यक्ष ई.सन्देश श्रेष्ठले सम्पुर्ण भ्यालुयर्स इन्जिनियरहरु एकत्रित भएर अघि बढ्दा राम्रो हुने धारणा राखे । केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष ई. यमलाल पाण्डेले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एनभिए लुम्बिनी प्रदेशका सल्लाहकार ई। देवेन्द्र बस्नेत,ई।शैलेन्द्र प्रसाद श्रेष्ठ,ई।टंक कंडेलले नयाँ वर्षको शुभकामना दिएका थिए । सो कार्यक्रम संस्थाका सह–सचिव ई।दिपेश घिमिरेले संचालन गरेका थिए ।

प्रतिक्रिया