६ बैशाख २०८२, शनिबार | April 19, 2025

भारतको मुर्सिदावादमा ४०० हिन्दू लखेटिएपछि…


1.4k
Shares

एजेन्सी, ५ वैशाख । भारत विश्वकै सबैभन्दा बढी हिन्दू जनसंख्या भएको देश हो । त्यहाँ एक अर्ब हिन्दू छन् जुन भारतको जनसंख्याको ८० प्रतिशत हो । एक अर्ब जनसंख्या भएको भारतमा त्यस्ता क्षेत्र पनि छन् जहाँ मुसलमान जनसंख्या द्रुत गतिमा बढ्दा हिन्दूहरु खतरामा पर्दै गएका छन् । जसमध्ये पश्चिम बँगाल पनि हो ।

पश्चिम बँगालमा मुसलमानको जनसंख्या बढ्नुमा बँगलादेश र बर्माबाट गैरकानूनी रुपमा आप्रवासी ओइरिनु । त्यस्ता आप्रवासीबाट हिन्दूहरु खतरामा परेका छन् । हालैमात्र पश्चिम बँगालको मुर्सिदावाद जिल्लाको मुस्लिम बाहुल्य क्षेत्रमा हिन्दूहरु लखेटिएका छन् । उक्त जिल्लाको सुति, धुलियान, जँगिपुर र शमशेरगञ्जबाट चार सय हिन्दू लखेटिएका हुन् ।

मुसलमानहरुले हिन्दूको पसल, होटल, घर र सम्पत्ति जलाइदिएका छन् । हिन्दूमाथि कुटपिट गरेका छन् । हिन्दूहरु ढुङ्गाबाट भागेको घटना चर्चामा छ अहिले । हिंसा भड्किएपछि त्यस क्षेत्रमा कडा सुरक्षा बढाइएको छ ।

भारतको कतिपय क्षेत्रमा विगतमा अल्पमतमा रहेकोमा पछिल्लो वर्षहरुमा मुसलमानहरु बहुमतमा पुगेका छन् । त्यस्ता क्षेत्रमा उनीहरुले अल्पसंख्यक हिन्दूमाथि सुरक्षा खतरा बढाएर विस्थापित हुन वाध्य बनाइरहेका छन् ।

प्रतिक्रिया