६ बैशाख २०८२, शनिबार | April 19, 2025

प्रहरीमा एआइजीमा बढुवा सिफारिश, २०८४ को चुनावताका बन्ने आइजीपीको लगभग टुंगो


1.7k
Shares

काठमाडौं, ४ वैशाख । नेपाल प्रहरीमा ६ जना डिआइजीहरु एआइजीमा बढुवाका लागि सिफारिश भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले भावी आइजीपीको रुपमा लिइएकाहरुसमेत गरी उनीहरुको बढुवा सिफारिश भएको हो ।

बढुवाको सूचीमा पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी पनि बढुवा सिफारिशमा परेका छन् ।

खापुङ, आचार्य र पोखरेल आइजीपी दिपक थापाका ब्याचमेट हुन् । २७ कात्तिक २०५२ मा प्रहरी इन्स्पेक्टर बनेका उनीहरु अहिलेकै नियमावली अनुसार यसै वर्षको कात्तिक २७ मा सेवानिवृत्त हुनेछन् ।

१८ चैत्र २०५४ मा इन्स्पेक्टर बनेका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी भावी आइजीपीका दाबेदार हुन् । २०८४ मा हुने तीन तहको चुनावताका उनीहरुमध्येबाट नै आइजीपी रहने अवस्था छ । यसकारण पनि एआइजी बढुवा निकै चासोमा परेको थियो ।

प्रतिक्रिया