२५ करोड प्रकरणमा मुद्दा दायर

काठमाडौं, २ वैशाख । २५ करोड बराबरको विदेशी मुद्रा टोखामा ट्रकमा बरामद गरिएको घटनामा अदालतमा मुद्दा दायर भएको छ । मंगलबार ट्रक चालक कुसाङ लामा र सिन्धुपाल्चोकका नारायण पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।
लामा र पौडेलविरुद्ध विदेशी विनिमय ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध २५ करोड ३४ लाख ७८ हजार मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न भनिएको छ ।
५ चैत्रको मध्यराति टोखाको झोरमा प्रहरीले ट्रकमा फल्स बटम बनाइ केरुङतर्फ लान लागेको विदेशी मुद्रा भेटेको थियो । यो घटनामा ठूलै गिरोह रहेको आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।