३० चैत्र २०८१, आइतबार | April 13, 2025

म्यानमारमा भूकम्पमा घाइतेका लागि नेपाली सेनाले के के गर्यो


996
Shares

काठमाडौं, २९ चैत्र । नेपाली सेनाको १६ सदस्यीय चिकित्सक टोली म्यानमारको भूकम्प प्रभावित घाइतेको उपचारमा खटिएर फर्किएको छ । टोली शुक्रबार स्वदेश फिर्ता भएको हो ।

सैन्य विमानमा स्वास्थय सामाग्रीसहित म्यानमार पुगेको टोलीले यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेको उपचार गरेको थियो । टोलीले शल्यक्रिया, शाड जोर्नी तथा ओपिडिलगायत सेवा प्रदान गरेको थियो ।

२० चैत्रमा म्यानमार उडेको टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नी सम्बन्ध्ी उपचार र ९६५ जनालाई ओपीडि सेवा प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया