१ बैशाख २०८२, सोमबार | April 14, 2025

मोदी-युनुस भेटको केही दिनमै भारतद्वारा बँगलादेशलाई दिएको पारवहन सुविधा खारेज


1.4k
Shares

काठमाडौं, २७ चैत्र । भारतले बँगलादेशलाई दिइआएको पारवहनसम्बन्धी सुविधा खारेज गरेको छ । भारतको कर तथा भन्सार विभागले गलबारबाट लागू हुनेगरी बँगलादेशलाई उपलब्ध गराउँदै आएको सुविधा खारेज गरेको हो ।

बँगलादेशले भारतको भूमि हुँदै तेस्रो देशमा निर्यातका लागि पाएको पारवहन सुविधा खारेज भएको हो । तर, नेपाल र भुटानमा बँगलादेशले पठाउने सामाग्रीमा यस्तो पारवहन सुविधामा कुनै असर नपर्ने जनाइएको छ ।

भारतको विदेश मन्त्रालयले बँगलादेशले नेपाल र भुटाउने पठाउने सामाग्रीमा विगतमा प्राप्त गर्दै आएको पारवहन सुविधा निरन्तर पाउने जनाएको छ । तर, अन्य देशको हकमा भने बँगलादेशले भारतको भूमिबाट पठाउने गरेको सामाग्रीमा सुविधा पाउनेछैन ।

बँगलादेशको सरकार प्रमुख मुहम्मद युनुसले उत्तरपूर्वी भारतका राज्यलाई भूपरिवेष्ठिक भनेको केही दिनमा नयाँ घटनाक्रम विकास भएको हो । थाइल्यान्डको बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युनुलाई भेटेका थिए । भेटमा पनि मोदीले सम्बन्ध बिगार्ने अभिव्यक्ति नदिन भनेका थिए । तर, बैंककबाट मोदी फर्किएपछि भारतले बँगलादेशमाथि कडा नीति लिएको हो ।

प्रतिक्रिया