२९ चैत्र २०८१, शनिबार | April 13, 2025

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने


2k
Shares

काठमाडौं, २७ चैत्र । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्था संशोधन गरेको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा यो व्यवस्था संशोधन गरेको जानकारी दिइएको छ ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारीले बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गराएका थिए । १ माघमा यो व्यवस्था लागू गरेपछि सर्वत्र आलोचना भएको थियो ।

राष्ट्रिय परिचयपत्र देशको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै विरोध भइरहेको छ । नागरिकतालाई अनिवार्य गरिएको र राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरिएकाले आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया