संगिता सहकारीः राष्ट्रगुरु योगी नरहरिनाथ जन्मिएकै गाउँमा म जन्मिएर पनि गुरुको नाम र जन्म स्थान भन्दा अरु केहि थाहा थिएन । जब राष्ट्रगुरु योगी नरहरीनाथको १११ औं जन्मजयन्तीको अवसरमा काठमाण्डौ वाल्मीकि क्याम्पसमा योगी नरहरीनाथ अध्ययन केन्द्र द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह , संस्कृतिविद् डा. गोविन्द टन्डन , विश्व हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष देवराज अधिकारी , डा. कमल राज शर्मा , सपादलक्ष कर्णालीका लेखक माधव चौलागाईं लगायत धेरै वक्ताले योगीले जिबनभर गरेको संघर्ष,योगदान र अनुभवको बारेमा सुन्न पाउदा मेरो लागी ठुलो अवसरका रुपमा लिएको छु त्यो अवसर भन्दा पनि राष्ट्रगुरु योगी नरहरिनाथ जन्मेको जन्मथलोमा आफू जन्मिन पाउदा आफाूलाई भाग्यमानी ठानेको छु ।राष्ट्रगुरु योगी नरहरिनाथ सम्बन्धि गरिएका खोजहरु गर्न पाउँदा गर्व गरेकी छु ।
बलवीरसिंहबाट योगी
गुरु गोरखनाथका अवतार मानिने सरस्वतीका वरदपुत्र,नेपाल आमाका सपूत, अदभूत एवं विलक्षण शक्ति र प्रतिभाका धनी, अनुपम विद्वान, राष्ट्रवादी, राष्ट्रिय संस्कृति, राष्ट्रिय इतिहास, पुरातत्त्व ,राष्ट्रिय अस्मिताको लागि आजीवन खट्ने योगी नरहरिनाथ वि।स। १९७१ फागुन १७ गतेका दिन कर्णाली प्रदेशको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ चाखा भन्ने ठाउँमा माता गौरीदेवीको कोखबाट भारद्वाज गोत्रका पिता ललितसिंह थापाको माहिलो सुपुत्रका रुपमा पैदा हुनुभयो। योगी नरहरिनाथ जन्मनु भन्दा पहिले नै आमा गौरिदेबीले एक दिन सुर्य लाई निलेको सपना देखी कहिल्यै फुलेको नदेखिने वृक्ष फुलेको सम्म देखेकि थिन भन्ने अझै गाउघरमा हल्ला सुनिन्छ।
भारतको उदयपुर राज्यमा पैदा भई १३ बर्षको उमेरमा नेपाल आइ गोरखनाथ सम्प्रदायका क्षिप्रानाथ जुम्ला जिल्ला चौथाइ खलंगा वटुक भैरवनाथ चन्दननाथ भा�