एकतावद्ध हुँदै तराई मधेश केन्द्रित दल

काठमाडौं, २४ चैत्र । तराई मधेश केन्द्रित दलहरु एकतावद्ध हुने अभियानमा जुटेका छन् । विभिन्न दल र समूहमा विभाजित उनीहरु एकताका लागि मोर्चा बनाएर जुटेका छन् ।
उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत, रेशम चौधरीलगायतको नेतृत्वमा विभिन्न दल छन् तराई मधेश केन्द्रित दलका । राउत र चौधरी नेतृत्वको दल चाँडै एक हुने भएका छन् ।
राउतको दल जनमत पार्टी र चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले एकताका लागि कार्यविभाजन पनि तयार गरिसकेका छन् । जसमा चौधरी संयोजक र राउत कार्यकारी अध्यक्ष हुने तय भएको छ । रञ्जिता श्रेष्ठ तेस्रो वरियतामा हुनेछिन् ।
उपेन्द्र यादव र महन्थ ठाकुर पनि नजिकिएका छन् । देशको राजनीतिले रोचक मोड लिइरहँदा क्षेत्रीय दलहरु एक ठाउँमा आउन थालेका छन् । यसले राजनीति महत्वपूर्ण मोडमा पुगेको छ ।