१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

कहाँ चुक्यो राजावादी आन्दोलन


913
Shares

समाचार विश्लेषण । देशमा हिन्दुराष्ट्रको मुद्दा बलियो हुँदै गइरहेको छ । स्थानीय तहबाट जरा गाड्दै बढिरहेको हिन्दुराष्ट्रको मुद्दाले मूलधारका दलहरु दबाबमा पर्दै गए ।

नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा बलियो बन्दै गयो । नेकपा एमालेभित्र पनि यो मुद्दा उठ्यो । महेश बस्नेतले यो मुद्दा पार्टी बैठकमै उठाएका थिए । नेकपा माओवादी केन्द्रमा पनि यो मुद्दा उठ्यो । रामकुमार शर्माले उक्त मुद्दा उठाए । उनी अहिले जनता समाजवादी पार्टीमा गइसके ।

राप्रपा त हिन्दुराष्ट्रको पक्षधर नै हो । यसरी सबै दलमा हिन्दु राष्ट्रको मुद्दा बलियो हुँदै गर्दा राजावादी आत्तिए । उनीहरुमा हतारो भयो । कतै हिन्दुराष्ट्र बनाउने र राजसंस्थाको मुद्दा पन्छाएर देश अघि बढ्ने त होइन भन्ने आशंका गरे राजावादीले ।

दुर्गा प्रसाईँले राजालाई राजनीतिमा तान्न थाले फेरि । नवराज सुवेदीलाई त आन्दोलन समितिको संयोजक नै बनाए ।

विस्तारै उठिरहेको हिन्दुराष्ट्रको मुद्दामा राजालाई गद्दी दिलाउने मुद्दा मिसाएर ह्वात्तै माहोल निकाल्न खोजियो । २५ फागुनमा पूर्वराजालाई स्वागत गर्न दशौं हजार निस्किएपछि प्रसाईँलाई हतारो भयो । उनले १५ चैत्रमा राजालाई गद्दीमै लाने जसरी आन्दोलन गर्ने उद्घोष गरे ।

तीनकुनेको आन्दोलनमा प्रसाईँले जर्बजस्ती गाडी पेलेर निषेधाज्ञा तोडे । उनको क्षणिक वाही वाही त भयो तर हिंसामा बदलियो आन्दोलन । घुसपैठ पनि भयो आन्दोलनमा ।

मान्छेको मृत्यु भएपछि आक्रोश त बढ्यो तर वास्तविक आन्दोलनकारीमा त्रास बढ्यो । आन्दोलन तुहाउन खोज्नेहरु सक्रिय भए ।

मूलधारका भनिएका मिडिया राजावादी आन्दोलनको विपक्षमा खुलेर लागे । प्रोपोगान्डा मच्चाए । सामाजिक सञ्जाल नभएको भए उनीहरु झन् बदनाम हुन्थे । तर, राजावादीको आन्दोलन धेरै कोणबाट चुक्यो ।

आन्दोलन योजनावद्ध तरिकाले सुस्तरी बढाउनबाट चुक्यो । हतार देखियो राजावादीलाई राजालाई गद्दीमा आसिन गराउन । जसका कारण घुसपैठी र लुटेराहरुले बबण्डर मच्चाएर बदनाम बनाइदिए ।

प्रतिक्रिया