ज्ञानेन्द्र शाह विदेश भाग्लान् ?

काठमाडौं, १६ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह विदेश भाग्न लागेको हल्ला चलेको छ । उनलाई विदेश भाग्न लागेको भन्दै सरकारले राहदानी रद्दको तयारी थालेको छ ।
राजावादीको १५ चैत्रको आन्दोलन हिंसात्मक बनेपछि सरकारले कडा कदम चाल्न थालेको छ । राजावादी प्रमुख नामहरु पक्राउ परेका छन् भने केहीको खोजी चलिरहेको छ ।
राजसंस्थाको अन्तपछि पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा बस्दै आएका छन् । तर, पछिल्लो समय उनको राजनीतिक सक्रियता बढेको छ ।