राजावादीको आन्दोलन हिंसात्मक बन्दा पत्रकारसहित दुईको मृत्यु

काठमाडौं, १५ चैत्र । राजावादीको आन्दोलन हिंसात्मक बन्दा पत्रकारसहित दुईजनाको मृत्यु भएको छ । तीनकुनेमा भवनमा आगो लाग्दा भिडियो लाइभ खिच्न पुगेका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
रजक एभेन्युज टेलिभिजनमा कार्यरत थिए । उनी आगलागीको दृश्य कैद गर्ने क्रममा निस्कन असफल भएका थिए ।
आगलागी भएकै घरनजिक एकजना पुरुषको निधन भएको छ । उनी दुर्गा प्रसाईँ नेतृत्वको अभियानमा सहाभागी किर्तिपुरका सविन महर्जन भएको पुष्टि गृह मन्त्रालयले गरेको छ । महर्जनलाई गोली लागेको थियो ।