प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाइदिए

काठमाडौं,१५ चैत्र । प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएपछि त्यहाँबाट जडीबुटीतर्फ लाग्दै गर्दा कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।