१६ चैत्र २०८१, आइतबार | March 30, 2025

कृषिमन्त्रीले भोली काठमाडौ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुख सँग छलफल गर्ने


83
Shares

चैत १४ ,काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एंव वजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सँग छलफल गर्नुभएको छ ।

सिंहदरवार स्थीत मन्त्रालयमा आज भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख , मन्त्रालयका सचिवद्धय डा.गोविन्द प्रसाद शर्मा , डा.राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सवैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको वताउनुभयो । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भएकाले स्थानीय तहवाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ , मन्त्री अधिकारीले भन्नुभयो।

मन्त्रालयले काठमाडौ उपत्यका भित्रका पालिकाका प्रमुख एंव उपप्रमुखहरु सँग पनि यसै विषयमा शुक्रवार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिदै मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वतावरण वन्न सकोस भन्ने आफनो चाहाना रहेको वताउनुभयो । आगामी वजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमहरुलाई उत्कृष्ट वनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि मन्त्री अधिकारीले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया