७ बैशाख २०८२, आइतबार | April 21, 2025

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने


415
Shares

काठमाडौं,११ चैत्र । तीन शीर्ष नेताहरू संक्रमणकालीन न्याय (टीआरसी) को प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन प्रमुख दलका शीर्ष नेताहरू सहमत भएका हुन् ।

स्रोतका अनुसार आयोग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन् ।

छलफलमा प्रधानमन्त्री ओली, देउवा र ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी थिए ।

 

प्रतिक्रिया