महामन्त्री निकट चम्लागाईले मारे लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा बाजी

काठमाडौं,११ चैत्र । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं विजयी भएका छन् ।
महामन्त्री गगन थापा निकट चम्लागाईंले ३५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । डा.शेखर कोइराला निकट प्रतिस्पर्धी विकास थापाले ८८ मत प्राप्त गर्दा डा.प्रकाश शरण महत पक्षकी कल्पना खड्काले १३ मत प्राप्त गरीन्।
कांग्रेसका नेताहरुको अनुसार राष्ट्रिय लोकतान्त्रिक अपाङ संघमा महामन्त्री थापा र नेता शेखर पक्ष बीचमा नै प्रतिस्पर्धा भएको हो ।