भर्जिनियाको एक पसलमा गोली चल्दा बाउ–छोरीको मुत्यु

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यको एक पसलमा भएको गोलीकाण्डमा भारतीय मूलका एक बुबा र उनकी छोरीको मृत्यु भएको छ। यो घटना मार्च २० मा अकोम्याक काउन्टीको ल्याङ्कफोर्ड हाइवेमा रहेको पसलमा भएको थियो। दुर्घटना हुँदा प्रदीपकुमार पटेल र उनकी छोरी पसलमा काम गरिरहेका थिए ।
अकोम्याक काउन्टी शेरिफको कार्यालयले हत्याको कारण अझै स्पष्ट नभएको बताएको छ ।
युक्रेनी शहर जापोरिजियामा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको खबर आएको छ । युक्रेनका स्थानीय गभर्नर इभान फेडोरोभले शनिबार भने कि शुक्रबार राति भएको आक्रमणमा धेरै आवासीय भवनहरू, कारहरू र सामुदायिक भवनहरू ध्वस्त भएका छन् ।
उनले आपतकालीन सेवाका कर्मचारीहरूले भग्नावशेषमा बाँचेकाहरूलाई खोजिरहेका धेरै तस्बिरहरू पनि देखाए।
रुस र युक्रेनबीच युद्ध रोक्न सोमबार साउदी अरेबियामा वार्ता हुने भएको छ । यस हप्ताको सुरुमा, युक्रेन र रुसले सीमित युद्धविराममा सहमति जनाए, यद्यपि कुन कुन निशानामा आक्रमण गरिने छैन भन्ने कुरा अझै स्पष्ट छैन।