भारतमा सोरसले पैसा दिएका संस्थाहरुमाथि धमाधम छानविन

एजेन्सी, ८ चैत्र । भारतमा जर्ज सोरसका संस्थाहरु धमाधम छानविनमा परेका छन् । इन्फोर्समेन्ट डाइरेक्टरेटले मंगलबार विदेशी मुद्रा सटहीको कानून उल्लंघनको घटनामा सोरससँग जोडिएका ८ संस्थामाथि छापा मारेपछि तरंग आएको छ ।
सोरसको ओपन सोसाइटी र सोरस इकोनोमिक डेभलमपेन्ट फन्डसँग जोडिएकाहरु पनि छानविनमा परेका हुन् । २५ करोड भारदीय रुपैयाँ विभिन्न एनजीओलाई दिइएको पत्ता लागेको छ । सोरस भारतका विभिन्न १२ कम्पनीलाई ३ अर्ब भारु पठाइएको विषय पनि छानविनमा परेको छ ।
सोरसले भारतको विपक्षीहरुमाथि लगानी गरेको विषय बाहिर आइरहेको छ । विशेषगरी हिन्दूविरोधी शक्तिमा सोरसले पैसा लगाइरहेका छन् ।