५ चैत्र २०८१, बुधबार | March 20, 2025

एनभिए र एनइएले संयुक्त रुपमा ‘टक शो’ आयोजना गर्दै


913
Shares

काठमाडौं,६ चैत्र । नेपाल भ्यालुयर्स एशोसियन (एनभिए) र नेपाल इन्जिनियरिङ एशोसिएशन (एनइए)को संयुक्त रुपमा चैत्र ८ गते एनइएको साप्ताहिक कार्यक्रम अन्तर्गत “नेपालको सन्दर्भमा मूल्याङ्कन र यसका व्यवसायिक चुनौतीहरू” विषयमा विषेश कार्यक्रम आयोजना हुने भएको छ ।

दुई एशोसियशनको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी शुक्रबार ललितपुर पुल्चोकको इन्जिनियरिङ भवन,एनइए ट्रेनिङ हलमा हुँदैछ ।

एनभिएका सचिव ई. रबिन्द्र अधिकारीले सम्पुर्ण भ्यालुयर्स इन्जिनियरहरुलाई कार्यक्रममा उपस्थित भई अवसरबाट लाभ लिन आग्रह गरेका छन् । विशेष गरी एनभिएको नयाँ सदस्यता लिएका, लिन खोजेका र भ्यालुयर्स इन्जिनियरको तालिम नलिएका इन्जिनियरहरुलाई सो कार्यक्रम विशेष लाभदायक हुने उनको भनाइ छ ।

एनभिएका उपाध्यक्ष ई. दिनेशकुमार पाठक र महासचिव ई. अशोक सिलवाल कार्यक्रममा मुख्य वक्ताको रुपमा रहनेछन् । शुक्रबार दिउँसो साढे ३ बजेदेखि सुरु हुने सो कार्यक्रम नेपालको सन्दर्भमा मूल्यांकन पेशाको बारेमा ज्ञान र अनुभव साझेदारीमा केन्द्रीत हुने बताइएको छ । मूल्यांकन पेशामा सामेल भइरहेकाहरुलाई पुर्नताजगी दिने र नयाँ इन्जिनियरहरुको लागि विशेष लाभदायक हुने एनभिएले जनाएको छ ।

 

 

प्रतिक्रिया