४ चैत्र २०८१, मंगलबार | March 18, 2025

ललितपुरको पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच झडप


1.1k
Shares

काठमाडौँ,५ चैत्र। ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।

स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताबीच कुटाकुट भएको हो ।

फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत अरुले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको बुझिएको छ ।

लगभग १०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो भने विद्यार्थी संगठनहरुको विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेको छ । बैठक बसिरहँदा बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो । नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले भने हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया