३ चैत्र २०८१, सोमबार | March 18, 2025

जन आन्दोलनको नाममा शीर्ष नेताहरूले पद–पैसा–ऐश कमाएको कहाँ लुक्छ र ?


1.2k
Shares

काठमाडौं । जन आन्दोलनको नाममा देशको स्वाधीनतालाई बेचर यी शीर्ष नेताहरूले पद–पैसा–ऐश कमाएको इतिहासलाई लुकाएर कहाँ लुक्छ ?

विकिलिक्सले विश्वभर सार्वजनिक गरेको अमेरिकी दूतावासको गोप्य सन्देश– सूचनाहरूले प्रष्ट गर्छ आखिर जन आन्दोलनको नाममा यी नेताले कसरी पटक– पटक देशलाई निरीह बनाए, बाह्य हस्तक्षेपको शिकार बनाए र देशको सार्वभौम सत्ता, स्वाधीनतालाई बेचेर पद–पैसा–ऐशको पछि लागे ।

सोही विकिलिक्सको अन्य दस्तावेजमा राजा ज्ञानेन्द्रले देश र जनताको हितलाई शिरोपर गरी जनयुद्धमा जो शहीद भए पनि आखिर हाम्रा दाजूभाई हुन, नेपाली हून, भनि कति सजिलोसंग वर्षौको इतिहास बोकेको शासन सत्तालाई देशवासीको नासो भनि जनतालाई फिर्ता गरी दिए ।

भारतमा गरिएको १२ बुंदे समझदारी र हिन्दी भाषामा तयार पारिएको सम्झौता मा सहीछाप गर्न पछि नहट्ने कांग्रेसका शीर्ष नेता, देशको गोप्य सूचना बेच्ने युवा नेताको लागि आखिरी कहिलेसम्म हामी जनता कठपुतली हुने ?


(यो अधिवक्ता आकृति रायमाझीको नीजि विचार हो ।)

प्रतिक्रिया