१ चैत्र २०८१, शनिबार | March 15, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं अधिवेशन भरतपुरमा सुरु


1.6k
Shares

भरतपुर, २ चैत्र । देशको एकमात्र राजनीतिक दलसँग आवद्ध नभएको विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं अधिवेशन सुरु भएको छ । चितवनको भरतपुरमा शनिबारबाट सुरु भएको अधिवेशन शैक्षिक क्षेत्रको सुधार र विद्यार्थी अधिकारका लागि नयाँ प्रस्ताव पारित गर्दै मंगलबार सकिनेछ ।

अधिवेशनमा देशभरका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । उद्घाटनमा प्रमुख अतिथी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, विशिष्ट अतिथि डा. हरिप्रसाद लम्साल थिए ।

अधिवेशनमा देश तथा विदेशबाट अतिथिहरु आएका छन् । नेपालको विद्यार्थी आन्दोलनमा प्राज्ञिकले गैरदलीय सशक्त संगठनका रुपमा पहिचान बनाएको छ ।

प्रतिक्रिया