२७ फाल्गुन २०८१, मंगलबार | March 12, 2025

गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा


166
Shares

काठमाडौं,२७ फागुन । अहिले संवैधानिक राजसंस्था र राजा फर्किने चर्चाले राजनीति तातेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्तामा फर्काउन एक पक्ष आन्दोलित हुँदैगर्दा अर्को पक्ष संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा उत्रिँदै छ । राजा ल्याउनुपर्ने र राजा ल्याउन नहुने दुवै पक्ष सडकमा उत्रिन थालेपछि राजनीति कता जाने भन्ने चासो र चिन्ता बढेको छ ।

राजनीतिक दलहरू सोमबार आन्दोलनका आगामी रणनीति’दयगतकै छलफलमै व्यस्त भए । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को पदाधिकारी र नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को सचिवालय बैठक छुट्टाछुट्टै बसेको थियो । आ–आफ्नो पार्टी कार्यालयमा बसेको छुट्टाछुट्टै बैठकका तीन निष्कर्ष मिल्दाजुल्दा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठकले राजा कुनै हालतमा नफर्किने निष्कर्ष निकालेका छन् । यस्तै, सरकारको नालायकीपनका कारण राजावादीहरू सक्रिय भएको र राजा फर्काउने अभियानमा लागेको निष्कर्ष उनीहरूको छ । तेस्रो भने दुवै दलले संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा जाने निर्णय गरेका छन् । दुवै दलले सडक आन्दोलनमा सहकार्यसमेत गर्ने जनाएका छन् ।

सरकारले काम गर्न नसक्दा राजावादी सक्रिय–माओवादी केन्द्र
माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सरकारको नालायकीपनका कारण आशावादी भएर राजावादीहरू सडकमा आएको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले काम गर्न नसकेकाले राजावादी सडकमा आएको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए । आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै उनले अहिले जनतालाई भ्रमित पार्नतिर नलाग्न आग्रहसमेत गरेका छन् ।

बैठकले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ । प्रदर्शनको मिति’दयगत मंगलबार ९आज० बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जनाएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको निष्कर्ष स् सरकारको नालायकीपनका कारण राजावादी सक्रिय, दुवै दल संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा सहकार्य गर्दै

संविधान र गणतन्त्रको रक्षाका लागि अन्य दलसँग सहकार्यसँगै सरकारको राय बुझेर सडक आन्दोलनलाई अझै प्रभावकारी बनाउने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेका छन् ।

यस’दयगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँग छलफल गर्ने बताइएको छ ।

राजावादीहरू सक्रिय हुन थालेपछि सशंकित भएका राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी केन्द्र अभियान बीचमै स्थगित गरेर आन्तरिक छलफलमा जुटेको छ ।

संविधान र गणतन्त्रको रक्षाका लागि आन्दोलन : एकीकृत समाजवादी
यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्वहरू सलबलाउन थालेको टिप्पणी गरेका छन् । संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा जानुको विकल्प नभएको उनले जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले जनताको लामो संघर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको निष्कर्ष निकालेको छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै नेपालले भने, ‘प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन्, सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।’

केही समययता काठमाडौं उपत्यकालगायत मुलुकका केही सहरमा भइरहेका नारा जुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको अध्यक्ष नेपालले जनाएका छन् । अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने बताउँदै संविधान, लोकतन्त्रका साथै संघीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा संघर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको बताउँदै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत रहेको र यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको नेकपा एसको निष्कर्ष छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएका क्रियाकलापको गम्भीर समीक्षा गर्दै सबै दल, बौद्धिक जगत्, नागरिक समाज र जनसमुदायमा एकीकृत समाजवादीले अपिलसमेत गरेको छ ।

‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत छन् । यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तŒवहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्मलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत्, नागरिक समाज र आमजनसमुदायमा अपिल गर्दछौं,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बैठकले आगामी १ चैतमा पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनका लागि पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

राजा ल्याउन १ चैतबाट आन्दोलन चर्काउँदै राप्रपा
यसैबीच, राप्रपाले राजा ल्याउन भन्दै १ चैतबाट सडक आन्दोलन चर्काउन लागेको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले १ चैतबाट सडक आन्दोलन सशक्त बनाउने जनाएका छन् ।

सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै उनले आन्दोलन थाल्ने जानकारी गराएका छन् ।

‘हिजो ९आइतबार० श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको सवारी सफलतापूर्वक सम्पन्न भएकामा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ सामाजिक सञ्जालमा राणाले लेखेका छन्, ‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी जनआन्दोलनको सुरुवात गरिँदै छ, सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु ।’

यसैबीच, राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीको निर्देशनमा राजाको स्वागतमा उत्तर प्रदेशका मुख्यमन्त्री एवं हिन्दूवादी नेता आदित्यनाथको फोटो राख्न लगाइएको आरोप लगाएका छन् । ज्ञानेन्द्रको स्वागत गर्ने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको समेत फोटो राखिएको थियो ।

‘राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन्, छि १ छि १ विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ रु माक्र्स, लेनिन, माओ कुन देशका हुन् रु’ शाहीले सामाजिक सञ्जालमार्फत प्रश्नसमेत गरेका छन् ।

यस्तै, कमल थापा नेतृत्वको राप्रपा नेपालले राजाको स्वागतमा देखिएको नेपाली जनताको उत्साहले राजसंस्था र राजालाई अनुमोदन गरेको निष्कर्ष निकालेको छ । राजधानीदैनिकबाट

प्रतिक्रिया