२५ फाल्गुन २०८१, आइतबार | March 10, 2025

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्यरुपमा स्वागत गर्न मनिषा कोइरालाको अपिल


166
Shares

काठमाडौं,२५ फागुन । बलिउड अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्यरुपमा स्वागत गर्न अपिल गरेकी छन् ।

पोखराबाट राजधानी फर्किन लागेका शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न सम्पूर्ण देशवासीलाई सामाजिक सञ्जालमा स्टाटस मार्फत अपिल गरेकी हुन् ।

मनिषाले पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै लेखेकी छन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’

कांग्रेसका ‘महामानव’ बीपी कोइरालाकी नातिनी मनिषा पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएकी छन् ।

प्रतिक्रिया