६ बैशाख २०८२, शनिबार | April 19, 2025

नयाँ आइजीपी बन्ने दौडले गति लिइरहँदा रामहरि खतिवडा नेतृत्वको टोली प्रहरी मुख्यालयमा


1.7k
Shares

काठमाडौं, २३ फागुन । रामहरि खतिवडा नेपाली काँग्रेसका चल्तापूर्जा सांसद हुन् । राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले प्रहरीमा नयाँ आइजीपीको दौडले गति लिइरहँदा नक्शालस्थित मुख्यालयको अवलोकनको कार्यक्रम नै राख्न लगाए आइजीपी वसन्त कुँवरलाई ।

घर जाने तयारीमा रहेका कुँवरले खतिवडासहित समितिका सदस्यहरुलाई स्वागत गरे । टोलीमा दिलेन्द्र बडु, अशोक राई, सर्वेन्द्रनाथ शुक्ला, हितराज पाण्डे, राजेन्द्र पाण्डे, रघुजी पन्त, बुद्धिमान तामाङलगायत थिए ।

नीरिक्षण, अवलोकनका अलावा छलफल तथा अन्र्तक्रिया भनिएपनि खतिवडाले आफ्नो दृश्य अदृश्य सक्रियता बढाइसकेका छन् । राज्य व्यवस्था समितिमा प्रहरीसँग जोडिएका ऐन कानून परिवर्तनको अध्यादेश थाती राखिएको छ । उनले यसकारण पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आफ्नो महत्व बढाइरहेका छन् ।

खतिवडा सरुवा बढुवा देखि विभिन्न नियुक्तिमा चलखेलवाज मानिन्छन् । उनले प्रहरी मुख्यालयमा सांसदहरुलाई लिएर भ्रमण गरेर चतुर्याई गरेको कतिपयले चालै पाएनन् ।

प्रहरीको आइजीपीको दौडमा एआइजीहरु दिपक थापा, टेकबहादुर तामाङ र सुदिप गिरी छन् । थापा, तामाङ र गिरीको सक्रियता ह्वात्तै बढेको छ ।

प्रतिक्रिया