अमेरिकाबाट डिपोर्ट गरिएकालाई पुर्याउने मानव तस्कर को को ?

काठमाडौं, २१ फागुन । यतिबेला चर्चामा छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनी चर्चामा हुनुको कारण हो हरेकजसो चालेका कठोर कदम । गैरकानूनी रुपमा अमेरिका छिरेकालाई ट्रम्प प्रशासनले डिपोर्ट गरिरहेको छ ।
नेपालमा पनि डिपोर्ट गरिएका छन् । बुधबार ८ जना डिपोर्ट गरिएकामा चाटर्ड विमानबाट ७ जना र व्यवसायिक उडानबाट एक जना ल्याइएका छन् । उनीहरुको नाम पनि सार्वजनिक गरिएको छ ।
डिपोर्ट गरिएकाहरु ४० देखि ७० लाख रुपैयाँसम्म मानव तस्करलाई बुझाएर गएको खुलेको छ । ती मानव तस्कर को को हुन् प्रहरीले अनुसन्धानबाट पत्ता लगाइसकेको छ ।
तस्कर समूहबारे जानकार भएपनि प्रहरीले त्यस्तालाई सायदै पक्राउ गरेको छ । मानव बेचबिखन ब्यूरो बबरमहलले तस्कर समूहको नाइकेसम्म पुग्न कठिन हुने गरेको बताउने गरेको छ । तस्करी गरिएकाले एजेन्टको नाम नै भन्दैनन् । यसकारण पनि तस्कर समूह प्रोत्साहित भएको छ ।