भूमि सम्बन्धीबाहेक ५ अध्यादेश संसद्बाट स्वीकृत

काठमाडौं, २१ फागुन । बुधबार बसेको प्रतिनिधि सभा बैठकले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । यी अध्यादेश गत माघ २ गते जारी भएको थियो ।
सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी अध्यादेश भने ‘होल्ड’ मा राखिएको छ ।
यो भूमि सम्बन्धी अध्यादेश ‘होल्ड’ गरेर बाँकी अध्यादेश संसदमा अगाडि बढाइएको हो ।