२१ फाल्गुन २०८१, बुधबार | March 6, 2025

अमेरिकाले काठमाडौं ल्याइदिएका नेपालीहरु कहाँ छन् ?


166
Shares

काठमाडौं,२१ फागुन । अमेरिकाले डिपोर्ट गरेका सबैलाई मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाइएको छ ।  अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाइएको हो ।

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पु¥याएको भन्दै अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको बुझिएको छ । ब्युरोले सोधपुछ गरेर आफन्तको जिम्मा लगाउने जनाएको छ ।

अवैध रुपमा बसोबास गर्दै आएकाहरुलाई स्वदेश फर्काउने राष्ट्रपनि ट्रम्पको अभियानअन्तर्गत अमेरिकाले आज बिहान ७ पुरुष र १ महिला गरी ८ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।

 

 

प्रतिक्रिया