२० फाल्गुन २०८१, मंगलबार | March 4, 2025

सडकमा मेलम्चीको पानीसँगै अरबौं भ्रष्टाचार छताछुल्ल


498
Shares

काठमाडौं, २० फागुन । सन्त नेताको परिचय बनाएका कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री हुँदा देखेको मेलम्चीको सपना थियो । उनले मेलम्चीले काठमाडौंको सडक भिजाइदिने भन्थे । भट्टराई काकाकुल काठमाडौंवासीलाई पानी पिलाउने सपना देख्थे । आयोजना पनि बढाउन लगाए ।

भट्टराईले देखेको सपना पूरा गर्नुको साटो सत्तामा आउनेले दुहुनो भैंसी बनाए आयोजनालाई । विभिन्न बहानामा अरबौंको घोटाला भयो । परियोजना ढिलो भयो र काठमाडौंवासीले दुःख पाए ।

अहिले मेलम्ची वर्षायाम बाहेक सिमित ठाउँहरुमा पुग्छ । तर, पाइप फुटेर हैरान छ । केही दिनअघि बबरमहलमा पाइप फुटेर बिजोग भयो । मंगलबार विहानै थापाथलीमा सडक नै भ्वाङ पर्यो ।

मेलम्चीको पाइपलाइनमा पनि ठूलो भ्रष्टाचार भएको पछिल्लो घटनाहरुले देखाएको छ । मेलम्चीमा बाढीले पुर्याएको क्षतिका नाममा ग्याग्रिङ निकाल्ने भन्दै एक अर्बको चलखेल भइसकेको छ । तैपनि, मेलम्चीको मुख्य ड्याम नै परिवर्तन गर्नुपर्ने भन्दै अर्को केही अर्बको खेल चलाइएको छ ।

प्रतिक्रिया