१९ फाल्गुन २०८१, सोमबार | March 3, 2025

बानेश्वरबाट १२ जना पक्राउ,डीएसपी पौडेलेको उपचार हुँदै


747
Shares

काठमाडौँ,१८ फागुन । डीएसपी घाइते भएको घटनामा राजधानीको बानेश्वरबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको हो। झडपमा प्रदर्शनकारीहरू पनि केही घाइते भएका छन् ।

प्रतिक्रिया