राष्ट्रपति पौडेलले गरे भूमे कालिका दर्शन

काठमाडौं,१७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले देवालय सराङकोट धामको समुद्घाटन गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको पर्यटन राजधानी पोखराको सुन्दर पर्यटकीय गन्तव्य सराङकोटमा नवनिर्मित विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिव लिङ्ग, १०८ जलधारा, भ्यूटावर, भूमे कालिका मन्दिर, भैरव चण्डी, गणेश मन्दिर, बहुउद्देश्यीय भवन लगायतका संरचनाहरूको एकसाथ समुद्घाटन गरेका हुन् ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले धार्मिक पर्यटकीय संरचनाहरूबाट पोखराको समग्र पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे । सुन्दर नगरी पोखराको पहिचानलाई विश्व सामु परिचित गराईरहेको सराड्गकोट परापूर्व कालदेखि नै वाईसे चौविसे राजाहरुको समयमा राजा कुलमण्डल शाहको समयमा नै सराड्ग, ढाल, खेल अंगरक्षाको प्रयोग र प्रदर्शन गरिने स्थलको रुपमा परिचित स्थान हो । पहिले लोकपालकारुपमा पाल्नुहुने निकास सेवक जन कास्की आए लगत्तै सराड्गकोट देवीको पूजा गरि आफ्नो पदवहाली गर्ने चलन थियो ।