घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्मका लागि ‘राष्ट्रिय घर निर्माण महोत्सव’ : सिइओ केसी

काठमाडौं,१६ फागुन । स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८१ (महोत्सव) आयोजना गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यान्क्वेटमा बिहीबार १५ गतेदेखि सुरु भएको महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब ५ हजारभन्दा बढीको सहभागीता हुने अपेक्षा आयोजक कम्पनीले गरेकोे छ ।
नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ आयोजन गरिएको महोत्सवमा सोचेको भन्दा बढीले भिजिट गरेको नेप्लिज प्रोपर्टी इन्भेष्टमेन्ट एवं रोबर्ट इन्भेष्टमेन्ट कम्पनीका सिइओ गोर्बद्धन केसीले बताउनु भयो ।
उहाँले आफ्नो नेतृत्वमा रहेका दुई कम्पनीले रियल स्टेटमार्फत राष्ट्रिय नीतिअनुसार विधि र प्रणाली अन्तर्गत रहेर आम नागरिकले खोजे र रोजेको जस्तै घर जग्गाको काम गरिरहेको जानकारी दिनुभयो । गायककार समेत रहनुभएका केसीले नेतृत्व गरेका दुई कम्पनीहरुले विशेषगरी घर जग्गा र शेयर बजारमा लगानी गरिरहेको छ ।
फागुन १५,१६ र १७ तीन दिनको लागि राजधानीमा आयोजना गरिएको महोत्सवले आम ग्राहकहरुलाई सस्तो र सुलभ मुल्यमा सुरक्षित, राम्रो र प्रविधियुक्त घर निर्माण भइरहेको र छुटको बारेमा जानकारी दिन सहज भइरहेको सिइओ केसीले बताउनु भयो । आफ्नो इन्भेष्टमेन्ट कम्पनीले आम ग्राहकहरुलाई कम्पनीले गर्दै आएको कामबारे विस्तृत रुपमा बताउन पनि महोत्सबको आवश्यकता रहेको उहाँको भनाइ थियो । “हामीले महोत्सवमा निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिबारे पनि जानकारी दिइरहेका छौं ।” –केसीले भन्नुभयो । महोत्सवको प्रमुख उद्देश्य नागरिकलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको छ ।
महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्,उद्यमी, विद्यार्थी लगायतले भिजिट गरेका छन् । जहा विभिन्न निर्माण सम्बन्धित कम्पनीहरुको साथै बैंकको स्टल पनि रहेको छ ।
कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरूसहित कस्तो खालको सिमेन्ट, इटा, डन्डी, ग्लास, टाएल्स् प्रयोग गर्नेबारे पनि मेलामा जानकारी दिइएको छ ।
महोत्सवको अवलोकन गर्न पुगेको स्टल बि ७ मा भेटिएका ग्राहकहरुले नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरूबारेमा जानकारी लिन पाउँदा निकै खुशी भएको बताए । एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ आयोजन गरिएको यस्ता महोत्सव समय–सयमा भइरहनु पर्ने पनि उनीहरुको भनाइ थियो ।
सिइओ गोबद्धन केसीसँग नेपाली पेन डटकमले गरेको कुराकानी पुरा भिडियो हेर्नुहोस्