१४ फाल्गुन २०८१, बुधबार | February 26, 2025

कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा सापकोटा मनोनीत


February 26, 2025
83
Shares

काठमाडौं, फाल्गुण १४ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सापकोटालाई मनोनयन गरेको जनाएका हुन् ।

धादिङलाई राजनीतिको कर्मक्षेत्र बनाएर राजनीति गर्दै आएका उनी पार्टीको जिल्ला कार्यसमितिको निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय सापकोटाले आफू मनोनीत भएपछि पार्टीले दिएको जिम्मेवारी इमानदारिताका साथ वहन गर्ने बताएका छन् ।

पार्टीले विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० अनुसार सापकोटालाई मनोनीत गरेको जनाएको छ । विभागको संयोजक पार्टीका केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् । सापकोटासहित अन्य ९ जना पनि विभागमा मनोनीत भएका छन् ।

प्रतिक्रिया