प्रधानमन्त्री ओली र राधिकालाई विवाह वर्षगाँठका अवसरमा सम्मान

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा ९माले० का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो ।
राष्ट्रियसभा गृहमा खचाखच उपस्थितिका बीच भइरहेको लोकार्पण कार्यक्रममा पुस्तकबारे नेकपा ९एमाले० का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, गायिका आनी छोइङ डोल्मा, लेखक अमर न्यौपानेले समीक्षात्मकम मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।