१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

बङ्गलादेशमा हसिनाको सत्ता ढाल्न युएसएआइडीको अरबौं रुपैयाँ विद्यार्थीमा पुगेको खुलासा


February 22, 2025
11.8k
Shares

एजेन्सी, १० फागुन । बङ्गलादेशमा शेख हसिनाको सत्ता पल्टाउन युएसएआइडीबाट अरबौं रुपैयाँ लगानी भएको खुलासा भएको छ । त्यो रकमले राजनीतिक र नागरिक संलग्नताका क्षेत्रमा खर्च गरेर विद्यार्थी आन्दोलन उठाइएको र सत्ता पल्टाइएको खुलासा भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२२ मा युएसएआइडीले भारतमा मतदाताको सहभागिताका शीर्षकमा २ करोड १० लाख डलर बजेट तय गरेको खुलासा गरेकोमा त्यसमध्ये १ करोड ३४ लाख डलर बङ्गलादेश पुगेको खुलेको हो ।

भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले शुक्रबार खोजमूलक तथ्य प्रकाशित गर्दे १ करोड ३४ लाख डलर बङ्गलादेशमा २०२४ को निर्वाचन अघि नै विद्यार्थीहरुमा पुर्याइएको थियो । विद्यार्थी आन्दोलनका नाममा त्यही रकमले काम गरेको थियो । जसका कारण शेख हसिना भागेर भारत जान वाध्य भइन् ।

हसिना भारत पुगेपछि यूरोपमा बसिरहेका मोहमुद युनुसलाई बङ्गलादेश डाकेर सरकारको नेतृत्व सुम्पिएको थियो । बङ्गलादेशको सत्ता पल्टाएपछि विद्यार्थी आन्दोलनका नाममा हिन्दूमाथि आक्रमण र हिन्दू मन्दिरहरु भत्काउने गतिविधि चलिरहेको छ ।

भारतमा अमेरिकी रकम पुगेको सनसनीपूर्ण खुलासाले त्यहाँ राजनीतिक हस्तक्षेपको विषय उठाइएको छ । भारतीय जनता पार्टीले हस्तक्षेपका लागि रकम आएको र विपक्षीले दुरुपयोग गरेको गम्भीर आरोप लगाएको छ ।

नेपालमा धर्मनीरपेक्ष र संघीयताका लागि युएसएआइडीको रकम दुरुपयोग गरेको खुलासा भइसकेको छ । अमेरिकी सभामुखले नास्किता फैलाउन अरबौं रकम नेपाल पुर्याइएको खुलासा गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीयताका नाममा २ करोड डलर नेपालमा खर्च भइरहँदा रकम नै रोकिदिएर सनसनीपूर्ण खुलासा गरेका छन् । तर, नेपालमा रकम पाउनेहरुले दुरुपयोग नगरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया