पूर्वराजालाई समर्थन गर्दै राप्रपाले गर्यो आन्दोलनको आह्वान

काठमाडौँ,७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ ।
बुधवार सो पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले एक विज्ञप्ती जारी गर्दै देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सो आह्वान गरेका हुन् ।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् ।