१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

बन्दीपुर– ६ का वडाध्यक्षले कुटे सचिव, चितवन मेडिकल कलेजमा उपचार हुँदै


February 17, 2025
6.7k
Shares

तनहुँ,५ फागुन । तनहुँको बन्दीपुर वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङ्गले वडासचिव नविन लम्सालमाथि कुटपिट गरेका छन् । लम्सालको गर्दन र गालामा गम्भिर चोट लागेको प्रहरी निरिक्षक सन्तोष केसीले जानकारी दिए ।

भुसाललाई कामको सिलसिलामा वडाध्यक्ष गुरुङ्गले कार्यकक्षमै हातपात गरेका थिए । घटना भएलगत्तै बन्दीपुर अस्पताल पुराइएका लम्साललाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको केसीले बताए ।

गुरुङ्गलाई प्रहरीले धरम्पानीस्थित उनको कार्यकक्षबाटै पक्राउ गरेको हो । गुरुङ्गविरुद्ध मौखिक उजुरी भएपनि लिखित नआएको र लिखित रुपमा उजुरी आएपछि कारबाही अगाडी बढाउने केसीले बताए ।

बन्दीपुुर गाउँपालिकाका प्रशासकिय अधिकृतले पीडित परिवारले पालिकालाई दिएको लिखित उजुरीलाई आधार मानेर जिल्ला प्रहरी कार्यालयलगायत सम्बन्धित ठाउँमा उजुरी गरेको बताए । घाइते लम्साललाई थप उपचारको आवश्यकता देखिएपछि गाउँपालिकाको स्वाथ्यकर्मीको टोलीसहित चितवन पठाइएको उनले जानकारी दिए । “लम्सालजी को देखिने गरी गालामा र घाँटीमा चोट लागेको छ, त्यो भन्दा पनि बढी उहाँ मानसिक रुपमा विक्षिप्त हुनुभएको छ, धेरै आत्तिएको, डराएको प्रष्ट देखिन्छ ।”–अधिकृतले भने ।

वडाध्यक्ष गुरुङ्ग नेकपा एमालेबाट गत स्थानीय निकायको चुनावमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया