७ फाल्गुन २०८१, बुधबार | February 19, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी


February 14, 2025
249
Shares

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी हुनुहुन्छ ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

प्रतिक्रिया