३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

दश हजार विद्यार्थीले शुक्रबार टुँडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा दिने


February 13, 2025
7.3k
Shares

काठमाडौं, १ फागुन । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा अन्तर्गत काठमाडौं उपत्यकामा भोलि शुक्रबार दश हजार विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।

परीक्षाका लागि दश हजार विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने ज्ञान परीक्षामा नेपालको इतिहास, भूगोल, संस्कृति, धर्म, परम्परा, वैदिक ज्ञानलगायत प्रश्न सोधिने बुझिएको छ । यसका लागि ८०० प्रश्नसहितको पुस्तक विद्यार्थीले प्राप्त गरी अध्ययन गरिरहेका छन् ।

संस्कृति ज्ञान परीक्षामा प्रथम हुनेले ५१ हजार, द्वीतियले ३१ हजार, तृतीयले २१ हजार प्राप्त गर्नेछन् । । ५० जनाले सान्त्वना पुरस्कारवापत् प्रति विद्यार्थी एक(एक हजार प्राप्त गर्नेछन् ।

२ फागुनमा हुने परीक्षाको नतिजा घोषणा पनि परीक्षा सकिएको एक घन्टाभित्र सार्वजनिक गरी पुरस्कार वितरण हुनेछ ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हिन्दू स्वयंसेवक संघले प्रत्येक वर्ष गर्दै आएको छ । अहिले देशभर जिल्ला र पालिका तहमा परीक्षा हुने क्रम जारी छ ।

प्रतिक्रिया