ओली सरकार धरापमा, लोसपाले साथ छाड्ने

काठमाडौं, १ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा पर्दै गएको छ । भूमिसम्बन्धी विवादास्पद अध्यादेशका कारण सरकार धरापमा परेको हो ।
अध्यादेश संसदबाट पारित नहुने निश्चित भइसकेको छ । जसपा नेपालले अध्यादेशको विपक्षमा उभिने निर्णय लिइसकेको छ । सत्तारुढ लोसपा पनि अध्यादेशको विपक्षमा छ ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमिसम्बन्धी अध्यादेशलाई मधेशविरोधी भनेका छन् । उनले बिहिबार सर्लाहीमा बोल्दै श्रममन्त्री शरदतसिंह भण्डारीलाई सरकार छाड्न तयार रहन भने । यसले लोसपा नेपाल सरकार छाड्ने तयारीमा रहेको बुझिएको छ ।
ओली सरकारलाई नेपाली काँग्रेसको बलियो साथ देखिएको छ । तर, भित्र भित्र सरकार संकटमा परिसकेको छ । विश्वस्त स्रोतका अनुसार कुनैपनि बेला काँग्रेसले साथ छाड्नसक्छ । काँग्रेसले साथ नछाडे उक्त दलभित्रै विवाद बढ्ने अवस्था छ ।