नेपालमा हिन्दू धर्ममाथि प्रहार गरी नास्तिकतावाद फैलाउन १३ अर्ब क कस्ले हात पारे
![](https://nepalipen.com/wp-content/uploads/2025/02/speaker-mike-johnson.jpg)
काठमाडौं, १ फागुन । अमेरिकी परियोजना युएसएआइडीको खारेजीको चर्चाले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा हलचल छ । वर्षेनी दशौं अर्ब नेपालको विभिन्न क्षेत्रमा पुग्ने गरेको रकम रोकिने भएपछि हलचल आएको हो । त्योभन्दा पनि अर्को हलचल हो नेपालमा नास्तिकतावाद फैलाउन खर्चिएको १३ अर्ब नेपाली रुपैयाँ ।
अमेरिकी संसदका सभामुख माइक जोन्सनले हालै आफ्नो सम्बोधनका क्रममा नेपालमा नास्तिकतावाद फैलाउन एक सय मिलियन डलर अर्थात् १३ अर्ब नेपाली रुपैयाँ खर्चिएको खुलासा गरेका छन् । यो रकम क कस्ले के के नामले हात पारे भन्ने चासोको विषय बनेको छ ।
नेपालमा एनजीओ र आइएनजीओमार्फत् मिडिया, नागरिक समाज, राजनीतिक दलका नेता, पेशाकर्मीसम्म यो रकम पुगेको छ । कतिपयको नाम पनि सार्वजनिक भइसकेको छ । स्वयं अमेरिकी जिम्मेवार अधिकारीले रकम खर्चिएको भन्दा केहीले प्रमाण खोई भन्न थालेका छन् ।
अर्को हलचल नेपालमा आइरहेको छ कुलिन वर्गमा । यो वर्गमा ठूला नेता, उच्च प्रशासक देखि नाम चलेका अभियन्ताहरु छन् । सीआइएले विश्वभर उसका कर्मचारी र एजेन्डको नाम ट्रम्पसम्म पठाएको छ । कतिपय नाम अमेरिकाका लागि मात्र नभई अन्य शक्तिराष्ट्रका लागि पनि एजेन्टको लागि काम गरिरहेको सञ्चारमाध्यममा आएका छन् । डबल या त्रिपल एजेन्टको काम गरेर ठूला देशहरुलाई समेत ठगिरहेका त्यस्ता पात्रहरुको नाम चाँडै खुलासा हुने चर्चा छ । यसले नेपालमा पनि कतिपय व्यक्तिहरुको सातोपुत्लो उडेको छ ।
नेपालमा धर्मनीरपेक्षका लागि योजनावद्ध तरिकाले रकम ओपन सोसाइटी फाउण्डेशनमार्फत् पनि आएको थियो । यसका संस्थापक हुन् जर्ज सोरस । सोरसले नेपालमा मिडिया र अधिकारकर्मीका क्षेत्रमा बलियो सञ्जाल बनाएको थियो । त्यो सञ्जालले मिडियामा योजनावद्ध तरिकाले धर्मनीरपेक्षका लागि माहोल तयार गर्ने, सेमिनारहरु गर्ने गरेर अरबौं बाँडेको तथ्यहरु छन् । अब यो तथ्यलाई अमेरिकाको ट्रम्प प्रशासनले अझ सप्रमाण उदांगो पार्ने देखिएको छ ।