१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

‘नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी’


February 12, 2025
249
Shares

काठमाडौँ, माघ ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताउनुभयो । बुधवार राष्ट्रपति कार्यालयमा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले नातिकाजीका गीत संगीतमा राष्ट्रभक्ति देश प्रेम ओतप्रोत भएको भन्दै अहिले पनि नेपालीलाई नेपालमा नै बसौ बसौ गाँउमा नै बसौ बसौ बनाउने भावना गीत संगीत मार्फत गराउनुपर्ने बताउनुभयो ।
भौतिक कुरा भन्दा अभौतिक कुरा महत्वपूर्ण हुने बताउँदै मन्त्री पाण्डेले नेपालीहरूको मनमा म नेपालमा नै बसेर केही गर्छु भन्ने अभौतिक भावनाको विकास गर्न सके भौतिक कुराहरू निर्माण गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘भौतिक कुरा भन्दा भावना र अभौतिक कुरा महत्वपूर्ण हो । हामीले नेपाली युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, विजुली सिंचाई जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’

मन्त्री पाण्डेले अभौतिक कुरा र भावनाको विकास गराउन गीत संगीत र कला महत्पूर्ण माध्याम हुने बताउनुभयो । उहाँले नेपाल भाषा, साहित्य, कला र संस्कृतिमा मात्र नभएर भूगोलमा पनि विविधता रहेको र यी कुरा नेपालको भौतिक विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

उहाँले सरकारले नातीकाजी जस्ता कालजयी स्रष्टाको सम्मान गर्ने गरि सरकारले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया