अमेरिकाबाट २० अवैध आप्रवासी नेपाली स्वेदश फिर्ता

काठमाडौं,३० माघ । अमेरिकाले २० अवैध रुपमा बसेका आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेलगत्तै अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई स्वदेश फर्काइदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको अनुसार माघ ७ गतेदेखि माघ २९ सम्म २० जना नेपालीहरु डिपोर्ट भएका हुन् । फिर्ता हुने नेपालीहरुमा १९ जना पुरुष र १ महिला छन् ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।
ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ ।